काठमाडौं । बुधबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन दुई लाख ८७ रुपैयाँमा झरेको हो । अघिल्लो दिन दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ घटेको छ । यससँगै चाँदी प्रतितोला चार हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चार हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो ।