उवासंघ इटहरीका अध्यक्ष व्यवशायी काफ्लेको विगतको भुमिका : पर्दा पछाडी तर सशक्त

न्युजलय १९ असार २०८३, शुक्रबार ०६:१३ मा प्रकाशित

इटहरी । नवराज काफ्ले इटहरीका पुराना र स्थापित व्यवशायी हुन् । अगाडी आएर नाम कमाउन भन्दा पनि पछाडी बसेर व्यवशायीहरुलाई सहयोग गर्न उनी सक्रिय रहे । तर यो पटक भने उनी उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा नेतृत्वका लागि अघि सरेका छन् । सहयोगी भावना, इमान्दारिता र क्षमताका कारण उनलाई व्यवशायीहरुले सहमतीको साझा प्यानलको नेतृत्वमा अघि सारेको उनका समर्थक व्यवशायीहरु बताउँछन् ।


पर्दा पछाडी, तर सशक्त

उद्योग वाणिज्य संघ इटहरीका यसअघिका तीन वटा समितिमा रहेर काम गरीसकेका उनी सधैं पछाडी बसेर काम गर्न रुचाउँथे । भवन निर्माण समितिको कोषाध्यक्षको रुपमा उनले सफल जिम्मेवारी सम्हाले । आज संघको सुविधासम्पन्न भवन तयार हुनुमा उनको पनि योगदान छ । 

धेरै नबोल्ने, तर बोलेका कुरा पुरा गर्ने, आजसम्म कुनै विवादमा नमुछिएका काफ्लेले विभिन्न सामाजिक संघसंस्थामा बसेर योगदान दिएका छन् । 


चार व्यवशायीक क्षेत्रको अनुभव

काफ्लेको व्यवशायीक जीवन चार वटा क्षेत्रमा सक्रिय छ । बुवा जीवनाथ काफ्लेले सुरु गरेको ईँटाभट्टाबाट उनले व्यवशायमा सक्रियता जनाएका हुन् । पछि आएर होटल, कृषि र ट्रेडिङमा पनि हात हाले । धेरै क्षेत्रको प्रत्यक्ष अनुभव भएकोले उनले धेरै व्यवशायीहरुको समस्यालाई नजिकबाट बुझेका छन् र ती समस्या समाधान गर्ने गरी सक्रिय हुन्छन् भन्ने अपेक्षा गरिएको छ । 


एजेण्डासहितको दावेदारी, व्यवशायीहरुको समर्थन

काफ्लेको दावेदारी कुनै रहर वा आफ्नो नामको लागि मात्र होइन । सधैं पछाडी बसेर काम गर्न रुचाउने काफ्लेलाई नेतृत्व लिनका लागि अरु व्यवशायीहरुले प्रोत्साहित गरेका हुन् । सहयोगी र सक्षम नेतृत्व भएकैले इटहरीमा व्यवशायीक नेतृत्व गरिसकेका बहुमत व्यवशायीहरुले उनलाई रुचाएका छन् । संघका पुर्व अध्यक्षहरु जीवन पराजुली, भीम पौडेल, लिलम बस्नेत आदिको समर्थन काफ्लेलाई रहेको छ । 

उनले अनलाइनबाट संघको सदस्य बन्ने र नवीकरण गर्नेदेखि व्यवशायी राहत कोषलगायत धेरै ऐजेण्डाहरु अघि सारेका छन् । उनले अहिलेसम्म पाएका जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका छन् । त्यसैले यो पटक पनि पाएको जिम्मेवारीमा खरो उत्रिने तयारीमा छन् उनी ।


चुनावअघि नै बहुमत

यस्तै काफ्लेको प्यानलले चुनावअघि नै बहुमत ल्याइसकेको छ । काफ्लेको प्यानलका १८ जना भिड्दैछन् भने भण्डारीको प्यानलबाट ८ जनाको उम्मेदवारी मात्र सदर भएको छ । १९ जनाको प्यानलमा १० जना काफ्लेको प्यानलबाट जित्दैछन् । पछि कार्यसमितिमा मनोनित गर्नदेखि अन्य कामहरु गर्नका लागि पनि बहुमतको निर्णय चाहिने भएकोले पनि सहमतीको यो प्यानल अध्यक्षलगायत बाँकी सदस्यहरुले पनि जित्नेमा ढुक्क छ ।