धरान । धरानमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
धरान १५ कृष्णापथमा करेन्टलागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा पुष्पाञ्जली मार्गका ३५ वर्षीय मौसम प्रधान रहेका छन् ।
स्थानीय पदम बहादुर गुरुङको घरमा ट्रस लगाउने क्रममा अचानक करेण्ट लागेर छतबाट भुइँमा लडेर घाइते भएका प्रधानको बीपी प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।