काठमाण्डौ । इजरायलले थप एक हजार नेपाली श्रमिक लैजाने भएको छ।
सोमबार(आज) श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरसँगको भेटमा इजरायलका राजदुत खनान गोदेरले यस्तो जानकारी गराएका हुन्।
मन्त्रालयमा भएको भेटमा दुई देशबीचको श्रम सम्झौता बारे पनि छलफल भएको बताइएको छ ।
इजरायल सरकारले थप एक हजार नेपाली श्रमिक कृषी क्षेत्रमा लैजाने निर्णय आइतबार गरेको राजदुत गोदेरले बताए।
यसअघि सहायक कामदारको लागि ९ हजार ६९९ जनाले निवेदन दिएका थिए। एक हजार १४७ जना कामदार छनौट भएर इजरायल जाने तयारीमा छन्।