वृद्धालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

न्युजलय १६ भदौ २०७९, बिहिबार ०५:५१ मा प्रकाशित

गुल्मी । गुल्मीमा ६५ वर्षकी वृद्धालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। 

इस्मा गाउँपालिका–४ का ३६ वर्षका कृष्णबहादुर सार्कीले सोही वडाकी ६५ वर्षिया वृद्धालाई भाद्र १३ गते साँझ घरमा एक्लै भएको मौका छोपी बलात्कार गरेर फरार भएका थिए। 

जिल्ला प्रहरी कार्यालय गुल्मीले फरार आरोपितलाई पक्राउ गरी अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।