दमौलीमा आगलागी, हेलिकोप्टरमा मादीको पानी ल्याएर निभाइँदै

न्युजलय २२ फाल्गुण २०७८, आइतबार ०६:५८ मा प्रकाशित

काठमाडौं । तनहुँको दमौली बजारस्थित हार्डवेयरमा लागेको आगो निभाउन काठमाडौंबाट सिम्रिक एअरको हेलिकोप्टर पठाइएको छ।

आज बिहान करिब १० बजेदेखि ब्यास नगरपालिका–४ स्थित हार्डवेयरमा लागेको आगो अझै नियन्त्रणमा लिन सकिएको छैन।

बिजुली सर्ट भएर आगो लागेको अनुमान छ। हेलिकोप्टरले मादी नदीको पानी ल्याउँदै दमौलीमा लागेको आगो निभाइरहेको बताइएको छ । 

बाटो साँघुरो हुँदा दमकल आगलागी भएको ठाउँसम्म पुग्न सकेको थिएन। आगलागीबाट मानवीय क्षति भएको छैन।