नेपाल–भारत सीमा नाका चार दिन बन्द

न्युजलय २८ माघ २०७८, शुक्रबार ०२:२१ मा प्रकाशित

बैतडी । भारतले उत्तराखण्ड राज्यमा हुने विधानसभा निर्वाचनका लागि नेपालसित जोडिएका सीमा नाका चार दिन बन्द गर्ने भएको छ । बैतडी र दार्चुलासित जोडिएका नाका भारतले यही माघ २८ देखि फागुन २ गतेसम्म बन्द गर्न लागेको हो । 


बैतडीको झुलाघाट तथा दार्चुलाको लाली, जोलजीवी, दत्तु, खलंगा, तिगरम र सीतापुल नाका शुक्रबार साँझ ५ बजेदेखि बन्द हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । सो विषयमा भारतीय प्रशासनले बैतडी र दार्चुला जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।


निर्वाचनका बखत सुरक्षा संवेदनशीलताका कारण दुवै देशको सहमतिका आधारमा उक्त नाका बन्द गरिएका हुन् ।