उपचारपछि कतारबाट फर्किन् फुटबलर साबित्रा

न्युजलय २६ माघ २०७८, बुधबार ०२:५५ मा प्रकाशित

काठमाडौँ । नेपाली महिला फुटबलर साबित्रा भण्डारी मंगलबार कतारबाट फर्केकी छन्।


घुँडाको उपचारका लागि कतारको दोहा पुगेकी साबित्रा अर्थात् ‘साम्भा’ मंगलबार फर्केकी हुन्।


नेपाली महिला फुटबल टोलीमा उनी स्ट्राइकरका रुपमा भूमिका निर्वाह गरिरहेकी छन्।


सशस्त्र प्रहरी बल क्लबमा समेत रहेकी साम्भाले ८ वर्षको अन्तर्राष्ट्रिय फुटबलको यात्रामा अहिलेसम्म नेपाली टिमका लागि ३८ गोल गरिसकेकी छन्।