काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वीरगञ्जको मेयरमा पत्रकार गिरिश गिरीलाई उम्मेदवार बनाउने भएको छ ।
पत्रकार गिरीलाई वीरगञ्जको मेयरमा उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
त्यस्तै वीरगञ्जको उपमेयरमा राप्रपाले बिना जयसवाललाई उम्मेदवार बनाएको छ ।
राप्रपाले ६ मध्ये ४ महानगरको उमेदवार टुंगो लगाएको छ । जसमा काठमाडौंमा मदनदास श्रेष्ठ, ललितपुरमा अष्ट महर्जन र पोखरामा शंकर खराल मेयर पदको उमेदवार बनाएको छ । त्यस्तै उपमेयरमा विनिता मगैया काठमाडौं, स्वर्णिमा शाक्य ललितपुर र रञ्जना सेन पोखरा रहेका छन् ।