काठमाडौं । भारत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सलाई ३–१ गोल अन्तरले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।
यसअघि बुधबार नै भएको आफ्नो समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्दै फाइनल प्रवेश गरिसकेको छ । अब फाइनल खेल आउँदो शनिबार नेपाली समयअनुसार राति ८:४५ मा भारत र नेपालबीच हुनेछ ।