जसपा पौवादुङ्माको अध्यक्षमा कुशल कार्की

अर्जुन राई अपहेलित २८ माघ २०७८, शुक्रबार ०१:५९ मा प्रकाशित

भोजपुर । जनता समाजवादी पार्टीको पौवादुङमा गापाको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 


बिहीबार जसपा केन्द्रिय सदस्य इन्द्रहाङ किराँतीको प्रमुख आतिथ्यतामा उक्त भेला तथा प्रशिक्षण सम्पन्न भएको हो । 


उक्त भेलाले कुशल कार्कीको अध्यक्षतामा १७ सदस्यीय जसपा पौवादुङमा गाउपालिका कमिटी गठन गरेको छ । 


नवनिर्वाचित समितिको सचीवमा कुल बहादुर राई रहेका छन् । 


समाज रुपान्तरण र राष्ट्रको समृद्दिका लागि युवाहरु व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देश र जनताको पक्षमा उभिनु पर्ने नवनिर्वाचित अध्यक्ष कुशल कार्कीले बताए । 


अधिकांश १८ देखि २५ वर्ष उमेरसमुहका युवाहरु म्यादी प्रहरीमा भर्ती हुन र भोट मात्र हाल्ने काममा लाग्नु नहुने उल्लेख गर्दै कार्कीले नवजवान युवाहरुले हिम्मत गरेर सबैखाले विभेद र बेतिथिहरुको बिरुद्द धावा बोल्ने आँट गर्नुपर्ने बताए । 


एमाले , काङ्रेस र माओवादीको एकतन्त्रीय शासनको अन्त्य गरेर सबै उत्पीडित  किसान र मजदुरको आँखाको आँसु पुस्न पुस्न र भ्रष्टाचार मुक्त देश बनाएर र मुलुकको रुपान्तरण गर्नका लागि युवाहरु मैदानमा उत्रनु पर्ने कार्कीको भनाइ छ ।


लालहिरा राईको अध्यक्षतामा सम्पन्न भेला तथा प्रशिक्षणमा विशेष अतिथी संघिय परिषद सदस्य मनिकुमार राई र अतिथिहरु जसपा जिल्ला अध्यक्ष आशकुमार राई, उपाध्यक्षद्वय रमेश निरौला र प्रसन्न राई, भोजपुर काठमाडौ सम्पर्क समिति उपाध्यक्ष इन्दिरा राई, जिल्ला सदस्य दिनेश राई, कुल बहादुर राई लगाएतको नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।