काठमाडौं । सरकारले वृद्धवृद्धा र एकल महिला लगायतले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता रकम यथावत राखेको छ ।
संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा मंगलबार आर्थिक वर्ष २०८१– ८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइएको बताएका हुन् ।
यससँगै वृद्धभत्ता कम्तीमा एक वर्ष वृद्धि नहुने पक्का भएको छ ।
सामाजिक सुरक्षा भत्तामा १ खर्ब १६ अर्ब रुपैयाँ विनियोजन गरिएको उनले उल्लेख गरे ।