केपी ओलीलाई कोरोना संक्रमण

न्युजलय ९ माघ २०७८, आइतबार ०४:४८ मा प्रकाशित

काठमाण्डौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ । शनिबार गरेको पिसिआर परीक्षणबाट उनमा कोरोना पुष्टि भएको हो ।

सचिवालयका अनुसार केही दिनदेखि उनी अस्वस्थ महसुस गरिरहेका थिए । उनी आफ्नै निवासमा आइसोलेसनमा बसिरहेका छन् । 

उनमा कोरोना संक्रमण भएसँगै सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ ।