भद्रपुर । झापाको दमक नगरपालिका–१० सेतुमारी चोकनजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
मोटरसाइकलमा नियमविपरीत चालकसहित तीनजना सवार थिए । सो मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
ज्यान गुमाउनेमा मोटरसाइकलमा पछाडि सवार गौरादह नगरपालिका–५ बस्ने ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया ओमकुमारी राई रहेका छन् ।
यसैगरी मोटरसाइकल चालक जिल्ला मोरङ रतुमाई नगरपालिका–८ का २७ वर्षीय विराज थापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।