काठमाडौं । आइतबार(आज) सेयर बजारमा ७ अंकको गिरावट आएको छ ।
प्रि–ओपनिङमा बढेर कारोबार शुरू भए पनि नेपाल स्टक एक्सचेञ्ज नेप्से सूचक ७.७३ अंकले घटेर बन्द भएको हो । यससँगै, नेप्से परिसूचक २६५३ अंकमा आइपुगेको छ ।
आज ३ अर्ब २७ करोड रुपैयाँ बराबरको ७० लाख ४० हजार कित्ता सेयर किनबेच भएको छ । कारोबार भएका १३ मध्ये दुई समूहमा सुधार आएको छ । जलविद्युत समूह ३४ अंक र अन्य समूहमा १५ अंकले सुधार आएको हो ।