नेप्से सूचक ३५.५३ अंकले घट्यो

न्युजलय १७ जेठ २०७९, मङ्गलबार ०९:२९ मा प्रकाशित

 काठमाडौं । मंगलबार नेप्से सूचक ३५.५३ अंकले घटेर २१३७.९२ विन्दुमा अडिएको छ । 

आज १ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । छोटो समयमै लगानीकर्ताले बजारबाट खरबौं रुपैयाँ गुमाइसकेका छन् । 

अहिलेसम्म सुधारका ठोस योजना र कार्यक्रम आउन सकेको छैन । मौद्रिक नीति समीक्षा र बजेटको आशा गरेर बसेका सर्वसाधारण लगानीकर्तालाई यी दुवैले निराश बनाइदिएको छ । 

 आज २२९ कम्पनीको ३७ लाख ६९ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।