चेक बाउन्सको आरोपमा गीतकार दर्पण राई पक्राउ

न्युजलय १० चैत २०७८, बिहिबार ०१:३० मा प्रकाशित

काठमाडौं । प्रहरीले गीतकार दर्पण राईलाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरेको छ। 


सोलुखुम्बु सोताङ गाउँपालिका ३ घर भई काठमाडौं बस्दै आएका गीतकार दर्पण राईलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। 

 

उनका अनुसार प्रहरीले राईलाई बुधबार भैंसेपाटीबाट पक्राउ गरेको हो। 

 

राईले पीडितलाई विभिन्न समयमा गरी जम्मा ४८ लाखको चेक काटेर दिएका थिए। उक्त चेक बाउन्स भएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए।  


राईको ‘तिम्ले बाटो फेर्‍यौ अरे’ चर्चित गीत हो ।