घट्यो सुनको भाउ

न्युजलय ३० मङ्सिर २०७९, शुक्रबार ०५:२० मा प्रकाशित

 काठमाडौं । शुक्रबार (आज) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो ।

आज छापावाल सुन तोलामा चार सयले घटेर ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ। बिहीबार तोलाको एक लाख ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर तोलाको एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ।