काठमाडौं । नेपाल नेपाल धितोपत्र बोर्डले सी–आस्वा शुल्क घटाउने भएको छ ।
धितोपत्र बोर्डले आइपीओ भर्दा बैंक तथा वित्तीय संस्थाले लिने शुल्क घटाएर अधिकतम ५ रुपैयाँमा सीमित गर्ने तयारी गरिएको धितोपत्र बोर्डले जनाएको छ ।
हाल आइपीओ भरेवापत बैंक तथा वित्तीय संस्थाहरुले अधिकतम १०० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था रहेको छ ।
आस्वा शुल्क ५ रुपैयाँमध्ये १ रूपैयाँ सार्वजनिक निष्कासन गर्ने कम्पनीले नियुक्त गरेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले तथा १ रूपैयाँ सीडीएस एन्ड क्लियरीङ लिमिटेडले प्राप्त गर्नेछन् ।
बाँकी रकम भने सी–आस्वा सदस्यलाई जानेछ । नयाँ आस्वा शुल्क अब निष्कासन हुने आइपीओबाटै लागू हुने बताइएको छ ।