चीनको छिन्ताओ शहर काठमाडौंसँग सिधा उडानमा जोडियो

न्युजलय २४ भदौ २०८०, आइतबार ०६:२६ मा प्रकाशित

काठमाडौं । चीनको छिन्ताओ शहर काठमाडौंसँग सिधा उडानमा जोडिएको छ । हिमालय एयरलाइन्सले आइतबारदेखि काठमाडौं– छिन्ताओ–काठमाडौं रुटमा सिधा उडान थालेको हो ।

कम्पनीका अनुसार अब हरेक आइतबार यस रुटमा हिमालयले उडान गर्ने भएको छ । यो उडानको अवधि ५ घण्टा ५० मिनेटको रहनेछ । पहिलो उडानमा कुल यात्रु संख्या एक सय जना छन् ।

छिन्ताओ चीनको महत्वपूर्ण व्यापारिक र वित्तीय केन्द्र हो । यस शहरले एसियालाई युरोपसँग जोड्छ ।