काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
१० हजार ४८७ जनाको नमुना परीक्षण गर्दा २५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यही अवधिमा ३३७ जना कोरोनामुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९९७ जना रहेको छ । जसमध्ये ५ हजार ७२० जना होम आइसोलेसनमा र २७७ जना संस्थागत आइसोलेसनमा रहेका छन्।