भारतीय दूतावासद्वारा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस प्रदान

न्युजलय १९ असार २०७९, आइतबार ०६:५९ मा प्रकाशित

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरेको छ । 

विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरुलाई सहयोग प्रदान गरिएको दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भारतीय राजदूत नवीन श्रीवास्तवले यी संस्थाहरुलाई चाबी प्रदान गरेका छन् ।