यी हुन् प्रदेश १ का १४ जिल्लाका मुख्य निर्वाचन अधिकृत

शंकर खत्री १३ चैत २०७८, आइतबार ०९:५३ मा प्रकाशित

इटहरी । निर्वाचन आयोगले आइतबार देशैभरका स्थानीय तहका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ । 

आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सात समय ५३ वटै स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको हो । 

प्रदेश १ का १४ जिल्लामा आयोगले सम्बन्धीत जिल्लाका जिल्ला न्यायाधीशलाई प्रमुख निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

आयोगले संखुवासभामा संखुवासभा जिल्ला अदालतका जिल्ला न्यायाधीश शान्तीप्रसाद आचार्य, ताप्लेजुङमा ताप्लेजुङ जिल्ला अदालतका जिल्ला न्यायाधीश प्रकाश राउत, सोलुखुम्बुमा सोलुखुम्बु जिल्ला अदालतका जिल्ला न्यायाधीश सन्तोस प्रसाद पराजुलीलाई नियुक्त गरेको छ ।

यस्तै भोजपुरमा भोजपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्त, खोटाङमा खोटाङ जिल्ला अदालतका जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्य, ओखलढुङ्गामा ओखलढुङ्गा जिल्ला अदालतका जिल्ला न्यायाधीश दलबहादुर के।सी, उदयपुरमा उदयपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश दिपक खनाल, धनकुटामा धनकुटा जिल्ला अदालतका जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुली र तेह्रथुममा तेह्रथुम जिल्ला अदालतका जिल्ला न्यायाधीश महेन्द्रप्रसाद पोखरेललाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । 

यसैगरी, पाँचथरमा पाँचथर जिल्ला अदालतका जिल्ला न्यायाधीश योगेन्द्रप्रसाद साह, इलाममा इलाम जिल्ला अदालतका जिल्ला न्यायाधीश हरिश्वन्द्र इङ्नाम, झापामा झापा जिल्ला अदालतका जिल्ला न्यायाधीश गिरीराज गौतम, मोरङमा मोरङ जिल्ला अदालतका जिल्ला न्यायाधीश भरत लम्साल र सुनसरीमा सुनसरी जिल्ला अदालतका जिल्ला न्यायाधीश कैलाश प्रसाद सुवेदीलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ ।