आजै संसदमा एमसीसी टेबल हुने

न्युजलय ८ फाल्गुण २०७८, आइतबार ०५:५२ मा प्रकाशित

काठमाडौं । सरकारले आइतबार (आज) कै संसद बैठकमा एमसीसी टेबल गर्ने भएको छ । 

सत्ता गठबन्धनमा एमसीसी पेस गर्ने सहमतिसँगै आजकै बैठकमा एमसीसी पेस गर्न लागिएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सबैलाई संसद भवनतिर जान आग्रह गर्दै मन्त्री कार्कीले ‘एमसीसी सार्वभौम संसदमा टेबुल हुन्छ । त्यसपछि सडकमा होइन, सदनमा गहनरुपमा छलफल भएर निष्कर्षमा पुग्छ ।’