तीन हजार मत गन्दा शशांक अघि

न्युजलय ४ पुस २०७८, आइतबार १०:०५ मा प्रकाशित

काठमाण्डौ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदका लागि जारी मतगणनाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ। 

आज बिहानबाट सुरु भएको दोस्रो दिनको गणनाको पछिल्लो मतपरिणाम अनुसार झण्डै २ हजार ९ सय ९३ मत गणना गरिएको छ। 

जसअनुसार डा. शशांक कोइराला २ हजार ४ सय ४२ मतका साथ सबैभन्दा अगाडि छन्। यस्तै एनपी साउद १ हजार ८ सय ९६ मतले दोस्रो स्थानमा कायमै देखिएका छन्।