रेडियो नेपालले माग्यो ३९ जना कर्मचारी

न्युजलय २७ कार्तिक २०७८, शनिवार ०२:२७ मा प्रकाशित

काठमाडौं । रेडियो नेपालमा विभिन्न पदमा स्थायी पदपूर्तिको निम्ति विज्ञापन खुलेको छ । रेडियो नेपालले इञ्जिनियरदेखि संवाददातासम्मका पदहरुमा स्थायी पदपूर्तिका लागि आज विज्ञापन खुलाएको हो ।


सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको रेडियो नेपालले इञ्जिनियर, प्रशासकीय अधिकृत, व्यापार अधिकृत, कार्यक्रम अधिकृत, सम्पादक, संवाददाता, समाचार वाचकलगायत पदमा ३९ जनाको निम्ति कर्मचारी माग गरेको हो ।आजबाट २१ दिनभित्र र दोब्बर दस्तुर तिरेर त्यसपछिको सात दिनभित्र दरखास्त बुझाउन सकिने रेडियो नेपालले जनाएको छ ।