इटहरी । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको पाँच दलिय सत्ता गठबन्धन स्थानीय चुनावमा पनि सँगै जाने भएका छन् । स्थानीय तहमा कसरी सहकार्य गर्ने भनेर गठबन्धनका नेताहरुविच दिनहुँ जसो छलफल र बैठक बसीरहेको छ । यस अघि ल्याएको मदपरिणाम र लोकप्रीयताको आधारमा गठबन्धनको तर्फबाट साझा उमेदवार उठाउने तयारी उनीहरुको छ । त्यसका लागि अहिले गठबन्धनका केन्द्रस्तरदेखि स्थानीय नेताहरुले पनि तदारुकता देखाएका छन् ।
यसैबिच सुनसरीको धरान उप–महानगरपालिकामा पनि मेयर पदका आकांक्षी बढेका छन् । गठबन्धनमा सहभागि दलहरु, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी लगायता दलले आ–आफ्नो तर्फबाट उमेदवारको टुङ्गो लगाउने जमर्को गरिरहेका छन् ।
गठबन्धन गर्दा साझा उमेदवार बनाउनु पर्ने भने पनि अहिले गठबन्धन घटक दलले पार्टीगत रुपमा नै उमेदवारको नाम चर्चामा ल्याउन थालेका छन् । धरानको मेयरका आकांक्षीहरु झण्डै एक दर्जन भन्दा बढी छन् । अहिले चर्चामा आएका नाममा महिलाको नाम नगन्य छ । यस अघिको निर्वाचनमा महिलालाई ‘उप’मा सिमित परेको भन्दै अब ‘प्रमुख पद’ नै महिलाहरुलाई दिनुपर्ने आवाज उठाउँदै आएका महिलाहरु अहिले गुमनाम जस्तै छन् । वैशाख ३० मा स्थानीय तहको आवद्यीक निर्वाचन तोकिएकाले केहि दिनभित्रै उमेदवार टुङ्ग्याउने दलहरुको तयार छ । सोहि कारण आकांक्षीको चर्चा बढीरहेको छ । तर, महिला उमेदवार भने भेटिएका छैनन्, प्रमुख पदमा । यसले महिलाहरुको धरानको प्रमुख पदमा आउने अपेक्षा नगरे हुने देखिएको छ ।
नेपाली काँग्रेसले पालिकाको प्रमुख पदका लागि तीन जना आकांक्षीको नाम पठाउनु पर्ने प्रावधान छ । त्यसमा अहिलेसम्म महिलाहरुले प्रमुख पदमा दावी नगरको काँग्रेसका एक नेताले जानकारी दिएका छन् । अहिलेसम्म हाम्रो पनि प्रमुख पदमा उठ्ने इच्छा छ भनेर कोहि महिला नआएको काँग्रेसले जानकारी दिएको छ । यसअघि छिटफुट मात्रामा महिलाले प्रमुख पदमा आकांक्षा राखे पनि अहिले नाम टुङ्ग्याउने समयमा कोहि आकांक्षी नभेटिएको काँग्रेसको भनाइ छ । यहि कुरालाई आधार मन्दा अब धरानमा काँग्रेसकोतर्फबाट मेयर अर्थात् नगर प्रमुखका महिला नआउने लगभग निश्चित छ ।
यता मेयरको दावेदारी दिनसक्ने सभावना वोकेका महिला नेत्रिहरु भने, प्रमुख पदमा उमेदवारी दिँदा पार्टीबाट असहयोग हुने आसंका व्यक्त गरिरहेका छन् । अझै पनि समाजमा मात्रै नभएर राजनैतिक दलमा पनि महिला माथि विभेद हटिनसकेको महिला नेत्रीहरु बताउँछन् । खुलेरै विरोध नगरे पनि भित्रि रुपमा महिलाहरुलाई अवरोध गर्ने गतिविधि भइरहको उनिहरु बताउँछन् । तर, केहि महिलाहरुले वडाध्यक्षको पदमा भने उमेदवारी दिने आकांक्षा देखाएका छन् । काँग्रेसका केहि नेतृहरु वडाध्यक्ष पदमा उठ्ने इच्छा जाहेर गरेको एक नेताले जानकारी दिए । सत्ता गठबन्धनमा नै रहेको माओवादीबाट पनि धरानको मेयरमा महिला उमेदवार वा आकांक्षीको चर्चा छैन । माओवादीका तीन जनाले धरानको मेयर पदमा उठ्ने आकांक्षा देखाए पनि त्यसमा महिला छैनन् । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बाट पनि प्रमुख पदमा महिला आउने छाँटकाँट छैन ।
यता नेकपा एमालेबाट भने आधा दर्जनको हाराहारीमा प्रमुख पदमा आउनेको चर्चा चलेको छ । त्यस मध्येमा मञ्जु भण्डारी (सुवेदी)को पनि नाम चर्चामा छ । भण्डारी, २०७४ मा भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट धरान उप–महानगरपालिकाको उप–प्रमुख पदमा निर्वाचित भएकी थिइन् । अहिले आफू शसक्त उमेदवार भएको उनको दावी छ । राष्ट्रिय स्तरमा पनि रामै पहुँच भएकी भण्डारी एमालेको तर्फबाट एक शसक्त उमेदवारको रुपमा हेरीएको छ । तर उनले पनि प्रमुख पदको टिकट पाउन निक्कै कठिन हुने आँकलन गरिएको छ ।