विराटनगर । मोरङको सुनवर्षीमा पानी जमेको खाल्डोमा डुबिरहेको अवस्थामा भेटिएकी बालिकाको मंगलबार मृत्यु भएको छ ।
सुनवर्षी नगरपालिका–६ की १५ वर्षीया प्रीतिकुमारी पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरदेखि अन्दाजी ६ सय मिटर उत्तर–पूर्वस्थित डाइनिया–अमरदह भित्री सडक खण्डको पानी जमेको खाल्डोमा मंगलबार बिहान ११ बजेतिर घोप्टो परेको अवस्थामा बालिका भेटिएकी थिइन् ।
अचेत बालिकालाई उद्धार गरेर रंगेली अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए ।
बालिकाको मृत्युको कारण खुल्न बाँकी छ ।