कैलाश सिरोहियालाई म्याद थप गर्न अदालत लगिँदै

न्युजलय ११ जेठ २०८१, शुक्रबार ०५:४० मा प्रकाशित

  

धनुषा । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज म्याद थप गर्न धनुषा जिल्ला अदालतमा लगिँदै छ ।

सिरोहियालाई म्याद थप गर्न धनुषा जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सिरोहिमामाथिको अनुसन्धान नसकिएकोले उनलाई म्याद थप गर्न अदालत लागिन लागेको हो ।

यसअघि जिल्ला न्यायाधीश चुरामन खड्काको ईजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएको थियो ।

सिरोहियालाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरेर धनुषा लगेको थियो ।