उदयपुरको रौतामाईमा गठबन्धनको जित

न्युजलय ३ जेठ २०७९, मङ्गलबार ०६:५७ मा प्रकाशित

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकामा गठबन्धनले एमालेलाई पराजित गरेको छ । गठबन्धनको तर्फबाट माओवादीले गाउँपालिका अध्यक्ष जितेको छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार गाउँपालिका अध्यक्षमा वीरेन्द्र कुमार मगर विजयी भएका हुन् । उनले ४ हजार ३०५ मत प्राप्त गरे । प्रतिष्पर्धी एमालेका भरत बहादुर थापाले ३ हजार ३४६ मत प्राप्त गरे ।

 उपाध्यक्षमा गठबन्धनको सहयोगमा कांग्रेस विजयी भयो । कांग्रेसका भुपीन्द्र बहादुर थापाले ३ हजार ६९९ मत प्राप्त गर्दा एमाले उमेदवार कुमारीज्यु ठकुरीले ३ हजार ९३ मत प्राप्त गरिन् ।