झारफुकका क्रममा धामीको कुटाइबाट महिलाको मृत्यु

न्युजलय ३ बैशाख २०७९, शनिवार ०६:२२ मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरमा धामीको कुटाइबाट एक महिलाको मृत्यु भएको छ । 

बेदकोट नगरपालिका–७ मुसेपानीकी ४३ वर्षीया रन्जुला साउद बिरामी भएपछि घरमा धामीझाँक्री बोलाइएको थियो ।

साउदलाई बोक्सी लागेको भन्दै स्थानीय धामी धर्मानन्द भट्ट र नारायण दत्त भट्टले  कुटपिट गरेका हुन् । 

कुटपिटका कारण साउदको मृत्यु भएपछि कन्चनपुर प्रहरीले भट्टद्वयलाइ नियन्त्रणमा लिएको छ ।साउद एकल महिला हुन् ।