माओवादीबाट वडाध्यक्षमा निर्वाचित खड्का एमाले प्रवेश

न्युजलय २७ पुस २०७८, मङ्गलबार १०:१२ मा प्रकाशित

इटहरी । संखुवासभाको चैनपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष भरत खड्का नेकपा एमालेमा प्रवेश गरेका छन् । उनि २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादि केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

सोमबार एमाले संखुवासभाको जिल्ला अधिवेशनको खुल्ला सत्रमा उनि माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेका हुन् । उनि माओवादी केन्द्रको जिल्ला कमिटि सदस्य पनि थिए । नेकपा फुटपछि नेता कार्यकर्ता चितरवितर भएकाले आफूले पनि केपी ओलीले नेतृत्व गरेको एमालेमा नै बस्ने योजना बनाएको र औपचारिक रुपमा पार्टी प्रवेश गरेको उनको भनाइ छ ।