बालेनले विरोध गरेपछि प्रचण्डका घरबेटीको कम्पनि सैलुङ तेस्रो पटक कालो सुचीमा

न्युजलय ८ भदौ २०७९, बुधबार ०४:१५ मा प्रकाशित

काठमाडौं । सरकारले सैलुङ निर्माण कम्पनीलाई फेरी कालो सूचीमा राखेको छ । यो कम्पनि कालोसुचीमा परेको यो तेस्रो पटक हो । शैलुङ कम्पनि प्रचण्डका घरबेटी शारदा अधिकारीको कम्पनि हो ।

यो कम्पनिर्लाइ २०७७ फागुन, २०७८ जेठमा पनि कालो सुचीमा राखिसकिएको छ । 

२०७६ माघ २८ मा खुलेको युरिया मलको ठेक्का पाएको सैलुङले समयमा मल नल्याएपछि कालो सुचीमा राखिएको थियो । 

यस्तै २०७६ फागुन २० मा २० हजार टन डिएपी मल र २५ हजार टन युरिया मलका लागि खुलाएको ठेक्का पाएको सैलुङले यो ठेक्का पनि समयमा सम्पन्न गर्न नसके पछि कालोसूचीमा परेको थियो ।

यसपटक भने शैलुङलाई तीन वर्षका लागि ठेक्का पट्टामा प्रतिबन्ध लगाएको हो । बालाजु–रानीपौवा सडक निर्माण नगरी लापरबाही गरेपछि सैलुङलाई सरकारले ठेक्का खारेज गर्नुका साथै तीन वर्षका लागि प्रतिबन्ध लगाएको हो । सोही विषयमा केही समयअघि काठमाडौका मेयर बालेन शाहले सामाजिक सञ्जालमा प्रचण्डसँग जोडेर असन्तुष्टीसमेत पोखेका थिए ।

शैलुङसँगै अन्य १० कम्पनिहरु पनि कालो सुचीमा परेका छन् । एक चाइनिज इन्जिनियरिङ कम्पनी र भारतीय आरभाली इन्फ्रापावर लिमिटेडलाई पनि सरकारले तीन वर्षसम्मका लागि कालो सूचीमा राखेको छ । महालक्ष्मी वायर एन्ड केवल इन्डस्ट्रिज प्रालिलाई दुई वर्षका लागि कालो सूचीमा परेको छ ।

इटहरीको बलिया कन्ट्रक्सन, काठमाडौंको जोनसन कन्ट्रक्सन, कास्कीको जस्ट इन टाइम, मोरङको एस्पियल ग्रुप अफ इन्जिनियर्स, सुनसरीको सर्जिमेड डिस्टिव्युटर्स र पाँचथरको तुम्येहाङ निर्माण सेवालाई एकरएक वर्षका लागि सरकारीले कालो सूचीमा राखेको छ ।