काठमाण्डौ । रौतहटमा टिपरको ठक्करबाट एकजना माओवादी नेताको मृत्यु भएको छ। फतुवा विजयपुर ११ हिमालिबास
फतुवा विजयपुर–११ हिमालिबासमा टिपरको ठक्करबाट मोटरसाइकल चालक माओवादी नेता खेदु चौधरीको मृत्यु भएको हो ।
आइतबार राति बा ३०प ८११५ नम्बरको मोटरसाइकललाई तीव्र गतिमा रहेको ना ८ ख ४२०२ नम्बरको टिपरले ठक्कर दिएको थियो। चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना लगतै आक्रोशित स्थानीयहरूले निर्माण सेवाको २ वटा टिपरमा तोडफोड गरेका थिए । टिपर चालक भने फरार रहेका छन् ।
मृतक खेदु चौधरी फतुवा विजयपुर–९ का माओवादी वडा कमिटी सदस्य रहेका थिए ।