एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले आईपिएल इतिहासकै सबैभन्दा ठुलो २७७ रनको स्कोर बनाएको छ। आरसीबीले सन् २०१३ मा बनाएको २६३ रनको सर्वाधिक ठुलो स्कोरलाई तोड्दै नयाँ इतिहास बनाएको हो। तीन विकेटको क्षतिमा २७७ रन बनाएको हो।
हैदरावादले दिएको २७८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई इण्डियन्स ३१ रनले पराजित भएको छ। मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २४६ रन बनायो।
विशाल रनको लक्ष्य पछ्याएको मुम्बईका लागि तिलक बर्माले ३४ बलमा २ चौका र ६ छक्कासहित ६४ रन जोडे ।
यसअघि सुरुमा ब्याटिङ गर्दै विशाल रनको लक्ष्यका लागि हैदरवादका हाइनरिक क्लासनले अविजित सर्वाधिक ८० रन बनाए। ३४ बल खेलका उनले ४ चौका र ७ छक्का प्रहार गरे ।
यो सिजनको आईपिएलमा पहिलो शानदार र ऐतिहासिक जित निकाल्दै हैदरावादले दुई अंक जोडेको छ। मुम्बई भने दुई खेल खेल्दा अंकबिहीन छ।