राष्ट्रिय युवा संघ इटहरी वडा नं. १७ को सपथग्रहण सम्पन्न

न्युजलय २८ फाल्गुण २०७८, शनिवार ११:०८ मा प्रकाशित

इटहरी । राष्ट्रिय युवा संघ नेपाल इटहरी १७ नं. वडा कमिटिको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

संघका अध्यक्ष कमल जंग दाहालको अध्यक्षता र संघका केन्द्रीय सचिवालय सदस्य तथा नेकपा एमाले सुनसरी जिल्ला सदस्य अरूण गुरूङको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा सपथ कार्यक्रम गरिएको हो ।

६१ सदस्यीय वडा कमिटिको अध्यक्षमा मो. नाजिम हुसैन, उपाध्यक्षमा समीर तामाङ, सचिबमा कृष्ण चौधरी, सहसचिवमा सुरेन राई र विपिन कटुवाललाई चयन गरेको छ भने कोषाध्यक्षमा रबिना चौधरी छन् । यस्तै वडाको युथ फोर्स विभाग समेत गठन गरिएको छ । युथ फोर्स प्रमुखमा प्रज्वल राई र उप प्रमुखमा सौकात हुसैन मिया चुनिएका छन् ।

- मनोज अधिकारीबाट