काठमाडौं । दुवईबाट लुकाएर ल्याएको एक किलो एक सय ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।
उनले सुन मलद्धारमा लुकाएर ल्याएको पाइएको प्रहरीले जनाएको छ । शौचालयमा दिसा गराएर सुन निकालिएको प्रहरीले जानकारी गराएको छ ।
एयर अरेबियाको जहाजबाट बुधबार(आज) आएका दावा छिरिङ शेर्पालाई सूचनाको आधारमा पक्राउ गरिएको थियो ।