काठमाडौं । आजदेखि शेयर बजार बन्द हुने भएको छ । आज शुक्रबार र भोलि शनिबार परेकाले शेयर कारोबार हुने छैन । यस्तै असोज १६ गतेदेखि दशैँ विदा सुरु हुने भएकाले नेप्सेको कारोबार असोज २२ गतेसम्म बन्द रहने छ ।
असोज १३ गते शेयर कारोबार १६.२९ अंकले बढेर १८५३.७६ अंकमा कायम भएको थियो । नेप्सेमा ६३ करोड २४ लाख ७ हजार ६२७.६७ रुपैयाँ बराबरको कारोवार भएको थियो । जसमा १३४ कम्पनीको मुल्य बढेको थियो भने ४७ कम्पनीको घटेको थियो ।
दशैँ पछि असोज २३ गतेबाट शेयर कारोबार पुनः सुचारु हुनेछ ।