काठमाण्डौ । शुक्रबार(आज) छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । योसँगै छापावाल सुनको मूल्य १ लाख ७ हजार १ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज तेजाबी सुनको मूल्यसमेत तोलामा ४ सय रुपैयाँले नै बढ्दै १ लाख ६ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । योसँगै आज चाँदी प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।