काठमाडौं । नेकपा ९एमाले० का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण भएको छ ।
सोमबार परीक्षणको क्रममा उनलाई संक्रमण पुष्ट भएको हो । पोखरेललाई निमोनियाको लक्षणसमेत देखिएको छ ।
उनी धापासीस्थित निवासमै आराम गरिरहेका छन् । स्वास्थ्यमा समस्या आएपछि प्रदेश १ को पोखरेलको पार्टीका पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको छ ।