विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक साढे तीन महिनापछि आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्न लागेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
मंसिर १ देखि नै प्रदेशसभा बैठक अनिश्चित कालका लागि स्थगित गरिएको थियो । मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि बैठक स्थगित गरिएको थियो ।
आज बस्ने बैठकमा विधेयकहरूमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।