इटहरी । मोरङको बुढिगंगा गाउँपालिका–२ टंकीसिनवारीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
आइतबार (हिजो) राती टंकीसिनवारी चोकमा को १७ प ७६७२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना भएको थियो ।
दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक इटहरी–१३ खनारका २२ बर्षीय अनिस कार्कीलाई उपचारको लागि बिराट मेडिकल कलेज गंगाचोक लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
सोही मोटरसाईकलमा सवार अन्य २ जनाको सोहि अस्पतालमा उपचार भईरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।