मन्त्री भण्डारीले लिए शपथ, मुख्य सचेतकमा लिङ्थेप

न्युजलय १८ मङ्सिर २०८१, मङ्गलबार ०१:३८ मा प्रकाशित

विराटनगर । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी नियुक्त भएका छन् । उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।


अघिल्ला मन्त्री लिलाबल्लभ अधिकारीले मानव तस्करीको आरोप लागेपछि राजीनामा दिएका थिए । रिक्त मन्त्रालयमा अधिवक्तासमेत रहेका नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक सांसद भण्डारी नियुक्त भएका हुन् । 


भण्डारी मन्त्री भएलगत्तै दलको प्रमुख सचेतकमा बिदुर लिङ्थेप नियुक्त भएका छन् ।