नेपालले विश्व बैंकबाट १५ करोड डलर ऋण लिने

न्युजलय २२ बैशाख २०७९, बिहिबार ०४:१० मा प्रकाशित

काठमाडौँ । नेपालले विश्व बैंकबाट १५ करोड अमेरिकी डलर ऋण लिने भएको छ । वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न तथा वित्तीय सेवामा पहुँच बढाउनका लागि सो रकम ऋण सहायता स्वरुप नेपाललाई उपलब्ध गराउने भएको हो ।


कोभिड महामारी, जलवायु परिवर्तनजस्ता जोखिमहरुको सम्बोधन गर्नुका साथै डिजिटल भुक्तानी र वित्तीय समावेशीकरणका आयोजनाहरुलाई सम्पन्न गराउन सो ऋण उपयोग गरिने अर्थ मन्त्रालयले जनाएको छ । 


यो रकमले पुँजी, बिमा र प्रकोप जोखिम लगायत सम्बद्ध वित्तीय बजारहरु खोल्न र नविनतम सेवाहरुलाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ । निजी क्षेत्रलाई सहयोग पुर्‍याउने गरी वित्तीय कार्यशैली सुधार गर्न पनि यो ऋण सहायता उपयोगी हुने अर्थ मन्त्रालयले जनाएको छ ।