इटहरी । सुनसरीको धरान उपमहानगरपालिकामा बस्ने ४ जनाको शव फेला परेको छ ।
धरान ५ देबीगाउँकी १८ वर्षीया समिक्षा थापा, धरान १६ नौलो बस्तीकी १४ वर्षीया नन्दनी मरिक, धरान ११ भवानीचोकका ४० वर्षीय बिरोध सुनुवार र धरान १६ का ३५ वर्षीय सोनम शेर्पाको शव भेटिएको सुनसरीका प्रहरी उपरिक्षक सञ्जयसिंह थापाले जानकारी दिएका छन् ।
हिजो (शनिबार) साँझदेखि आज (आइतबार) बिहान ११ बजेको अबधिमा उनीहरूको शव भेटिएको र प्रारम्भिक अनुसन्धानबाट उनीहरूले आत्महत्या गरेको पाइएको एसपी थापाले बताए ।
२४ घण्टा भन्दा कम अवधिमा चार जनाको शव भेटिएको र सबै झुण्डिएको अवस्थामा भेटिएकाले यसबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।