काठमाडौं । विश्वका सबभन्दा धनी व्यक्ति इलोन मस्कले मानवजातिको सहायताका लागि सामाजिक सञ्जाल ट्विटर किनेको बताएका छन् ।
ट्विटर किनेपछि विज्ञप्ति निकाल्दै मस्कले यस सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रतालाई उच्च सम्मान दिइने बताए । उनले विज्ञापनदाताहरूलाई आफ्नो ब्रान्ड प्रवर्धन गर्न ट्विटर सुरक्षित स्थान भएकोमा बताए ।
अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको अकाउन्ट पुनः खुलाउने उनको भनाइ छ ।
महिनौंसम्मको अनिश्चिततापछि मस्कले ४४ अर्ब डलर खर्च गरेर ट्विटर किनेका हुन् । अमेरिकाको स्थानीय समयअनुसार शुक्रवार अपराह्न ५ बजेसम्ममा आफू ट्विटरको मालिक बनिसक्ने उनको भनाइ छ ।