धादिङ । धादिङमा बस र कार ठोक्किँदा पाँच जनाको मृत्यु भको छ । काठमाडौंबाट धादिङका लागि छुटेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौं जाँदै गरेको वाग्मती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई थाक्रे गाउँपालिका ७ जुँगेखोलामा ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
दुर्घटनामा कारका चालक तनहुँ खैरेनीका अन्दाजी ३६ वर्षीय दिलबहादुर बस्नेत, भारतीय नागरिक विमलचन्द्र अग्रवाल, ३५ वर्षीया साधना अग्रवाल, ४० वर्षीया सन्ध्या अग्रवाल र ५५ वर्षीय राकेश अग्रवालको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु भएका पाँचै जना कारमा सवार थिए । दुर्घटनामा घाइते भएका उनीहरूको उपचारका क्रममा चालक डिलबहादुर र विमलचन्द्रको टिचिङ अस्पताल र अरूको ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
बसमा सवार घाइते भएका धादिङ नीलकण्ठ नगरपालिका ११ का २४ वर्षीय राम परियार ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । दुर्घटनाको कारण भने खुल्न बाँकी छ ।