धनकुटा । नेपाली काँग्रेस धनकुटा सभापतिमा दिनेश राई निर्वाचित भएका छन्।
सभापति शेरबहादुर देउवानिकट राई ५ सय ४ मतसहित सभापतिमा विजयी भएका हुन्। सहमहामन्त्री सुनील थापाको पनि समर्थन रहेपछि राईले संस्थापन इतरका उम्मेदवार कमोठ फागोलाई ३४ मतान्तरले पराजित गरेका थिए ।
फागोले ४ सय ७० मतमात्रै ल्याएका थिए । राप्रपा परित्याग गरी काँग्रेसमा आएका थापाको धनकुटा गृह जिल्ला समेत हो ।
उपसभापतिमा सुनिल डंगोल र निर्मल ओझा निर्वाचित भए भने सचिवमा विजय सन्तोषी राई र जयन्द्र घिसिङ निर्वाचित भए
यस्तै धनकुटा प्रदेशसभा क क्षेत्रीय सभापतिमा देउवा पक्षीय जितेन्द्र रुम्दाली राई निर्वाचित भएका छन् ।