स्थानीय तहको निर्वाचनमा उम्मेदवारले १३ दिन मात्रै प्रचार प्रसार गर्न पाउने

न्युजलय ६ फाल्गुण २०७८, शुक्रबार ०२:३६ मा प्रकाशित

काठमाडौंं । स्थानीय तहको निर्वाचन २०७९ मा राजनीतिक दलका उम्मेदवारले जम्मा १३ दिन मात्रै प्रचार प्रसार गर्न पाउने भएका छन्।


०७४ सालको स्थानीय तहको निर्वाचनमा प्रचार प्रसारको अवधि जम्मा १० दिन मात्रै राखिएको थियो।


निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछिको अवधि जम्मा १३ दिन मात्रै राखेको छ। बैशाख १५ मा आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।


प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन आचारसंहिता आयोगको तर्फबाट टुंग्याएर राजपत्रमा प्रकाशनका लागि पठाइसकेको जानकारी दिए। स्थानीय तह निर्वाचन २०७९ मा पहिलेको आचारसंहिताभन्दा केही प्रावधान कडा छन्।


आचारसंहिता आयोगले चैत्र दोस्रो सातादेखि लागू गर्ने तयारी गरेको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र रुपमा सञ्चालन गर्न आयोगले आचार संहिता तयार गरेको हो। आयोगले निर्वाचन आचारसंहिता २०७२ लाई परिमार्जन गरी लागू गर्न लागेको हो।