जनकपुरधाम । धनुषामा विभत्स हत्या गरिएको अवस्थामा युवतीको शव फेला परेको छ।
धनुषाधाम नगरपालिका–६ मालटोलस्थित पूर्व–पश्चिम राजमार्गदेखि २ किलोमिटर दक्षिणतर्फ आँपको बगैँचामा करिब २५ वर्षीया युवतीको शव फेला परेको धनुषा प्रहरीले जनाएको छ।
बुधबार साँझ टाउको फुटेको र रगतले लतपतिएको अवस्थामा युवतीको शव आँपको बगैँचामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
युवतीको परिचय भने खुलेको छैन। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
युवतीको करणीपछि हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ।